दक्षिण कोरियास्थित आनसान शहरमा मार्च २४ तारिख होली महोत्सव हुने

बुधबार, फागुन ३०, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरियामा आगामी फागु पुर्णिमाको अवसरमा धुमधामका साथ होली महोत्सव मनाईने भएको छ ।दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, सङ्गीत साधना समुह ‘पाँच स’ को आयोजनामा यहि मार्च २४ तारिखमा होली महोत्सव गर्न थालिएको हो । प्रत्येक बर्ष भव्य रुपमा सम्पन्न हुने होलि कार्यक्रम यसपटक पनि  मार्च २४ तारिख आइतवार दक्षिण कोरियास्थित आनसान माईग्रेन्ट सेन्टर अगाडिको पार्क  경기도 안산시 단원구 부부로 43 (원곡동) मा हुने भएको छ । यस अघि कार्यक्रम हुने भनिएको 동대문 बाट  स्थान परिवर्तन भएको हो । दक्षिण कोरियामा आउँदै गरेको २२ औँ राष्ट्रिय सभा निर्वाचनका कारण स्थान परिवर्तन भई 경기도 안산시 단원구 부부로 43 (원곡동)  हुने भएको आयोजकले जनाएको छ । निर्वाचनका कारण सभा सम्मेलन र भिडभाड गर्न नपाईने भएकाले पुर्व निर्धारित ठाउँ  परिवर्तन गर्नुपरेको हो । कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने छ ।

महोत्सवमा नेपाली दाजुभाई दिदीबहिनीहरुबीच रङ्गहरु खेल्नुका साथै आपसी सद्भाव र भाईचारा बृद्धिका लागि विभिन्न गतविधि समेत गरिने भएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने पाँच स दक्षिण कोरियाका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।पाँच स ले उक्त महोत्सवमा सहभागि हुन सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध समेत गरेको छ । यस अघि एक महिना सम्म स्वस्थानी ब्रत लिएर विधिवत रुपमा समापन गरेको समुहले धर्मसस्कृतिको संरक्षणमा विभिन्न कामहरु गर्दै आएको छ ।

कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदिले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा यो संस्था स्थापना भएको हो ।सनातन साहित्य सङ्गीत साधना समूहले राष्ट्र र राष्ट्रियता झल्किने विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । बिशेष गरि हरेक नेपाली चाडपर्वहरुलाई विधिवत र भव्यताका साथ मनाउदै आईरहेको पाँच स दक्षिण कोरियाले बिदेशमा रहेका नेपाली समुदायमा एक छुट्टै, सकरात्मक ,अनुकरणीय र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्