‘प्रथम सान्दोङ्ग कप २०२४ फुटसल प्रतियोगिता‘ को उपाधि सुवन एफ सीले चुम्न सफल

शुक्रबार, चैत ९, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष २०२४को लागि आलोपालो प्रणालीको माध्यमबाट पहिलो फुटसल प्रतियोगिता सान्दोङ्ग फुटबल क्लब किम्हे बुसानद्वारा आयोजना गरिएको प्रथम सान्दोङ्ग कप फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सीले बिजयी हासिल गरेको छ l

IMG_1026-1711106799.jpg

"आपतकालिन राहत कोष स्थापनार्थ"भन्ने उद्धेश्यका साथ २०२४ मार्च १७तारिख आइतबार दक्षिण कोरियाको दक्षिणी भेग ख्यांङ्साङ्नाम्दो प्रान्तको किम्हे बुसान क्षेत्रमा आयोजना गरिएको उक्त फुटसल प्रतियोगितामा ३२ फुटबल टिमको सहभागिता रहेको थियो lपहिलो सेमीफाइनलको " ए " पोलबाट याङ्सान फुटबल क्लबलाई १गोलको बिरुद्ध ३ गोल गरि हिमालयन स्टार फुटबल क्लब फाइनल प्रबेश गर्न सफल रहेको थियो भने दोस्रो सेमी फाइनलमा " बि " पोलबाट फारन यूनाइटेड फुटबल क्लब र सुवन फुटबल क्लबको खेल निर्धारित समयसम्म बराबरी रहेकोले ट्राईबेकरमा बिजयी हासिल गरि सुवन फुटबल क्लबले फाइनलको यात्रा सुरक्षित गरेको थियो l

IMG_1027-1711106893.jpg

अन्तत फाइनलको अत्यन्तै प्रतिस्प्रधात्मक भिड्न्तमा सुवन फुटबल क्लबले हिमालयन स्टार फुटबल क्लबलाई १ गोलको बिरुद्ध २ गोल गरि उपाधि कब्जा गरेको थियो lबिजेता सुवन फुटबल क्लब तथा उप बिजेता हिमालयन स्टार फुटबल क्लबले क्रमश नगद ३० लाख र २०लाख कोरियन वान सहित ट्रफी मेडल सर्टिफिकेट प्राप्त गर्न सफल रह्यो l

IMG_1030-1711107125.jpg

उक्त सान्दोङ्ग कप फुटसल प्रतियोगिताको सर्बोकृष्ट खेलाडी  हिमालयन स्टार फुटबल क्लबका राज थापा लाई घोषित गरिएको थियो भने उच्च गोलकर्ता म्याङ्दोङ्ग ब्वाइज फुटबल क्लबका प्रविन गुरुङ्ग,उत्कृष्ट गोलकिपरको पुरस्कार सुवन फुटबल क्लबका रुपक नेपालीले हात पार्न सफल भएको थियो l यसरी नै विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहन स्वरूप जनही १लाख कोरियन वान र ट्रफीबाट पुरस्कृत गरिएको थियो l

IMG_1015-1711107031.jpg

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो o तमू,एन आर एन ए कोरियाका युवा संयोजक युबिन श्रेष्ठ,आदिबासी जनजाती महासंघ किम्हे बुसान शाखाका अध्यक्ष परी गुरुङ्ग,एन सी सी किम्हे बुसान शाखाका अध्यक्ष चन्द्र कार्की,नेपाल फुटबल महासंघका बरिष्ठ उपाध्यक्ष हेमन्त गुरुङ्ग  लगायत फुटबल महासंघका केन्द्रिय एवम् विभिन्न सम्बन्धित्ब फुटबल क्लबका प्रतिनिधिहरु,जातीय क्षेत्रिय संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो l

IMG_1028-1711107205.jpg

अत्यन्तै सौहार्दपूर्ण बातावरणमा प्रतियोगिता सम्पन्न भएकोमा खेल संयोजक सानु राज मगरले खुशी ब्यक्त गर्नु भयो l पहिलो पल्ट आयोजना गरिएको फुटसल प्रतियोगितालाई सफल बनाउन मिडिया पार्टनर जन आवाज अनलाइन डटकम,गोल नेपाल डटकम, बिशाल आवाज,भिडियोग्राफी शम्भु धिमाल,टेलीकम पार्टनर GKS Korea,SentBe रेमिटेन्स साथै आर्थिक भौतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरु तथा सहभागी फुटबल क्लबहरुलाई सान्दोङ्ग फुटबल क्लबका अध्यक्ष केशब तिमिल्सिनाले धन्यबाद ज्ञापन गर्नु भएको थियो l

यसै गरि नेपाल फुटबल महासंघ दक्षिण कोरियाको बर्ष २०२४को बार्षिक खेल क्यालेन्डर अनुसार तेस्रो महिनाको अन्तिम हप्ता  मार्च ३१तारिख  याङ्सान नेपाली फुटबल क्लबद्वारा आयोजित दोस्रो याङ्सान कप फुटसल प्रतियोगिता किम्हे बुसान र चौथो महिना अप्रिल १४ तारिख छङ्ऊप नेपाली फुटबल क्लबको आयोजनामा प्रथम जेएन एफ सी कप फुटबल प्रतियोगीता छल्लाबुक्दोमा हुने नेपाल फुटबल महासंघका बरिष्ठ उपाध्यक्ष हेमन्त गुरुङ्ग ज्युले जानकारी दिनू भएको थियो l

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्