दोस्रो याङ्सान कप फुटसल प्रतियोगिताको उपाधि बेलबारी एफ सी को पोल्टामा

सोमबार, चैत १९, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष २०२४ को लागि आलोपालो प्रणालीको माध्यमबाट बार्षिक दोस्रो फुटबल प्रतियोगिता अन्तरगत याङ्सान फुटबल क्लब र याङ्सान नेपाली परिवार किम्हे बुसानको संयुक्त आयोजनामा गरिएको दोस्रो याङ्सान कप फुटसल प्रतियोगिताको उपाधि बेलबारी एफ सीले बिजयी हासिल गरेको छ l "स्वास्थ्य अनुशासन र गतिशिलता प्रबासमा नेपालीहरु बीचको एकता "भन्ने मूल नाराका साथ २०२४ मार्च ३१ तारिख आइतबार दक्षिण कोरियाको दक्षिणी भेग ख्यांङ्साङ्नाम्दो प्रान्तको किम्हे बुसान क्षेत्रमा आयोजना गरिएको उक्त फुटसल प्रतियोगितामा ३२ फुटबल टिमको सहभागिता रहेको थियो l पहिलो सेमीफाइनलको " ए " पोलबाट ग्रीन नेपाल फुटबल क्लबलाई ३ गोलको बिरुद्ध ४ गोल गरि सुवन फुटबल क्लब फाइनल प्रबेश गर्न सफल रहेको थियो भने दोस्रो सेमी फाइनलमा " बि "पोलबाट ब्लु लायन फुटबल क्लबलाई २ गोलको बिरुद्ध ३ गोल गरि बेलबारी फुटबल क्लबले फाइनलको यात्रा सुरक्षित गरेको थियो l

उक्त फाइनलको अत्यन्तै प्रतिस्प्रधात्मक भिड्न्तमा सुवन फुटबल क्लब र बेलबारी फुटबल क्लबको खेल निर्धारित समयसम्म बराबरी रहेकोले अन्तत पेनाल्टीसुट आउटबाट सुवन फुटबल क्लबलाई शुन्यको बिरुद्ध ३ गोलबाट पराजित गरि बेलबारी फुटबल क्लबले उपाधि कब्जा गरेको थियो lबिजेता बेलबारी फुटबल क्लब तथा उप बिजेता सुवन फुटबल क्लबले क्रमश नगद ३० लाख र २० लाख कोरियन वान सहित ट्रफी मेडल सर्टिफिकेट प्राप्त गर्न सफल रह्यो l

उक्त याङ्सान कप फुटसल प्रतियोगिताको सर्बोकृष्ट खेलाडी  बेलबारी फुटबल क्लबका सबिन बिडारी लाई घोषित गरिएको थियो भने उच्च गोलकर्ता सुवन फुटबल क्लबका सुवास जेआर र ग्रीन नेपाल फुटबल क्लबका प्रयुश आले मगरले संयुक्त रुपमा ८/८ गोल गरेको थियो भने उत्कृष्ट गोलकिपरको पुरस्कार बेलबारी फुटबल क्लबका सोनाम चामलिंग राईले हात पार्न सफल भएको थियो l यसरी नै विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहन स्वरूप जनही १ लाख कोरियन वान  ट्रफी र प्रमाण पत्रबाट पुरस्कृत गरिएको थियो l

IMG_1249-1711981639.JPG

प्रतियोगिता फाइनलको अन्तिम समापन समारोहमा प्रमुख अतिथि नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो o तमू  ,आदिबासी जनजाती महासंघ किम्हे बुसान शाखाका अध्यक्ष परी गुरुङ्ग ,नेपाल फुटबल महासंघका बरिष्ठ उपाध्यक्ष हेमन्त गुरुङ्ग , सदस्य तेजु गुरुङ्ग लगायत फुटबल महासंघका केन्द्रिय विभिन्न सम्बन्धित्ब फुटबल क्लबका प्रतिनिधिहरु,  जातीय क्षेत्रिय संघ सस्थाका प्रतिनिधिहरुको  बाक्लो उपस्थित रहेको थियो l

IMG_1248-1711981837.JPG

अत्यन्तै सौहार्दपूर्ण बातावरणमा प्रतियोगिता सम्पन्न भएकोमा खेल संयोजक संजय पौडेलले खुशी ब्यक्त गर्नु भयो l दोस्रो पटक आयोजना गरिएको फुटसल प्रतियोगितालाई सफल बनाउन मिडिया पार्टनर जन आवाज अनलाइन डटकम,भिडियोग्राफी फोटोग्राफर शम्भु धिमाल, टेलीकम पार्टनर,रेमिटेन्स पार्टनरहरु साथै आर्थिक भौतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरु तथा सहभागी फुटबल क्लबहरुलाई याङ्सान फुटबल क्लबका अध्यक्ष दिनेश हरिजनले धन्यबाद ज्ञापन गर्नु भएको थियोl

त्यसरी नै नेपाल फुटबल महासंघ दक्षिण कोरियाको बर्ष २०२४ को बार्षिक खेल क्यालेन्डर अनुसार  चौथो महिना अप्रिल १४ तारिख छङ्ऊप नेपाली फुटबल क्लबको आयोजनामा प्रथम जेएन एफ सी कप फुटबल प्रतियोगीता छल्लाबुक्दो लगतै पाचौ महिना मे ५ तारिख आइतबार ग्वान्जु फुटबल क्लब छल्लाबुक्दोको आयोजनामामा प्रथम प्रदेशी कप फुटबल प्रतियोगिता आयोजना हुने नेपाल फुटबल महासंघका बरिष्ठ उपाध्यक्ष हेमन्त गुरुङ्गले जानकारी दिनू भएको थियो l

IMG_1250-1711981903.JPG

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्