आउँदो अप्रिल १४ मा उल्सान शहरमा डिग्री माईला प्रदर्शन हुदै

मंगलबार, चैत २०, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,आउदै गरेको नयाँ बर्ष २०८१ सालको पावन अवसरमा अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरिया द्वारा "आपत्कालीन राहातकोष स्थापना सहयोगार्थ"नेपाली कथानक चलचित्र "डिग्री माईला"उल्सान शहरमा प्रदर्शन गर्न लागिएको हो।

IMG_1267-1712059573.JPG

२०७१ सालमा मण्डला थिएटरमा तीनपटक मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर फिल्म बनेको हो । उक्त नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए।फिल्ममा भने उनी मुख्य भूमिकामा देखिने छ।शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित नाटकले पनि यही विषय उठाएको थियो ।कमेडी जनरामा बनेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । निर्देशक गुरुङले ‘डिग्री माइला’ प्रदर्शनमा आएपछि ‘कबड्डी ५’को निर्माण थाल्ने चर्चा छ ।

IMG_1253-1712059418.JPG

फिल्मका मुख्य कलाकारहरुमा दयाहाङ राई ,आँचल शर्मा ,विजय बराल,बुद्धि तामाङ र माओत्से गुरुङलगायत रहेका छन्। कोरियाका लागि भने  अफिसियल राइट्स “नमस्ते(फ्याफुल्ला) कोरिया - नेपाल इन्टटेटमेन्ट” प्रा.लि ले पाएका हुन्।फिल्मले कबड्डी ४’ र ‘जारी’ फिल्मको  रेकर्ड तोड्न सक्ने कथाबस्तु रहेको निर्माण पक्षले दावि गरेका छन्। रामबाबु गुरुङ नेपाली चलचित्र परिवेशमा टिपिकल र अर्गानिक कथा वस्तु लाई पर्दामा ल्याउन सक्ने एक कुशल सफल निर्देशक भने पक्कै हुन्।

अर्गानीक सदाबार नायक दयाहाङ राई / नायीका आचाल शर्माको मुख्य अभिनयमा रहेको "डिग्री माईला" उल्सान शहरमा प्रदर्शन गर्न लागीरहेकोले उल्सान ख्यङजु,याङसान,मिर्याङ,किम्हे वरपर रहनुभएको सम्पुर्ण नेपालीहरूमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेका छन्

मिति: २०८१बैशाख २ गते/2024-04-14 आईबार

समय: दिउसो 1:00बजे

स्थान:울산광역시노동자종합복지회관

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्