आउँदो अप्रिल ७ मा दक्षिण कोरियामा सक्रिय संघ संस्था हरुको पहलमा बृहद अन्तरक्रिया हुने

मंगलबार, चैत २०, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,दक्षिण कोरियामा नेपालीहरुको संख्या बढे संगै समस्याहरु पनि उत्तिकै बढिरहेका छन ।बिभिन्न दुर्घटना,आत्महत्या तथा मृत्युुको शृङ्खलाहरु दिनानुदिन बढ्दो अबस्थामा छ।यतिमात्र होइन कार्यस्थलमा तथा बासस्थानमा  आफ्नै साथीभाइबाट हुने गरेका दुव्र्यवहार।बिरामि परि अस्पताल जादा हुने गरेका भाषागत समस्या,बिभिन्न सन्जालहरु मर्फत हुने गरेका ठगि ।आदि बिषयलाइ आगामी दिनमा  के कसरि न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयबस्तुमा कोरिया स्थित नेपाली राजदुतावास,नेपाली सम्पर्क समिति (NCC SOUTH KOREA ),बिभिन्न जातिय -क्षेत्रिय  संघ- सस्थाको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको मिडिया संयोजनमा कोरियामा रहेका सम्पुर्ण नेपालीहरुको राय सुझाव लिने उदेश्यले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।

यो कार्यक्रमबाट आगामी दीनमा यस्ता घटनाहरुको  न्युनिकरणको निमित्त एउटा ठोस कदम चाल्न महत्वपूर्ण सुझावहरु संकलन हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा कोरियामा रहनुहुने , इपिएस श्रमिक , व्यावसायि , बुद्धिजिवि , पत्रकार , भाषा अनुवादक , परामर्श दाता तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाइ उपस्थितिको लागि हार्दिक अनुरोध पनि गरिएको छ।

IMG_1261-1712065052.JPG

समय -दिउसो १२ बजे देखि

स्थान - जोग्गेसा गुम्बाहल सौल

मिति - अप्रिल ७ तारिक आइतवार ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्