डिग्री माइला’ को सौउल दोङ्देमुन शो यहि आउँदो अप्रिल १४ तारिख हुने

शनिबार, चैत २४, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,रामबाबु गुरुङ द्वारा निर्देशित नेपाली कथानक चलचित्र डिग्री माइला’ एम .ए थर्ड क्लास’ यहि आउँदो अप्रिल १४ तारिख सौउल दोङ्देमुन स्थितित 서울 종로구 지봉로5길 7-5 हलमा प्रदर्शन गर्ने भएको छ।

म्यूजिक खिम इन्टरटेनमेन्ट द्वारा  नेपाली नयाँ बर्ष २०८१ को पावन अवसरमा  यही मिति २०२४-०४-१४ तारिख पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २:३० वाट चलचित्र "डिग्री माइला" प्रदर्शन गर्ने भएको हो।

IMG_1301-2-1712415359.JPG

२०७१ सालमा मण्डला थिएटरमा तीनपटक मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर फिल्म बनेको हो।उक्त नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । फिल्ममा भने उनी मुख्य भूमिकामा देखिएको छ ।शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित नाटकले पनि यही विषय उठाएको थियो।कमेडी जनरामा बनेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच,आफ्नै रागले’ राखिएको छ।निर्देशक गुरुङले ‘डिग्री माइला’ प्रदर्शनमा आएपछि ‘कबड्डी ५’को निर्माण थाल्ने चर्चा छ ।

फिल्मका मुख्य कलाकारहरुमा दयाहाङ राई,आँचल शर्मा,विजय बराल,बुद्धि तामाङ र माओत्से गुरुङलगायत रहेका छन्। कोरियाका लागि भने  अफिसियल राइट्स “नमस्ते(फ्याफुल्ला) कोरिया - नेपाल इन्टटेटमेन्ट” प्रा.लि ले पाएका हुन।फिल्मले कबड्डी ४’ र ‘जारी’ फिल्मको  रेकर्ड तोड्न सक्ने कथाबस्तु रहेको निर्माण पक्षले दावि गरेका छन्।रामबाबु गुरुङ नेपाली चलचित्र परिवेशमा टिपिकल र अर्गानिक कथा वस्तु लाई पर्दामा ल्याउन सक्ने एक कुशल सफल निर्देशक भने पक्कै हुन्।

 हल सम्मा पुग्ने तरिका

Adress- (구민회관)서울 종로구 지봉로5길 7-5 (Dongdeamun -3 No. गेट देखि 300M अगाडी (Nik Travel office को पछाडि)

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्