नेपाल तामाङ घेदुङ दक्षिण कोरिया द्धारा आयोजित डुक ल्हो २०२४ कार्यक्रमको समिक्षा तथा सम्मान कार्यक्रम अप्रिल १४ मा हुने

बुधबार, चैत २८, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्धारा आयोजित मञ्जुश्री संवत २८६० "डुक" मु पुखी ल्हो सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२४" कार्यक्रमको समीक्षा बैठक,आयव्यय विवरण सार्वजनिक तथा सम्मान कार्यक्रम यहि १४ तारिक आईतबारका दिन सउल दोङ्देमुन स्थित निक ट्राभल्सको सभाहलमा हुने भएको छ।

  • नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले"तामाङ भाषा,धर्म,कला,संस्कार,संस्कृतिको प्रवर्द्धन गरौं,आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ" भन्ने मुल नाराका साथ कोरियन पर्व सलनालको अवसरमा गत फेब्रुअरी ९ तारिक शुक्रबारका दिन HW Convention Hall 컨벤션센터 사울특별시 종로구 자하문로 255(부암동 165-3),जोङ्गाक स्टेसन नजिक खोङवामुन पछाडि HW Convention Hall मा आपातकालीन राहत कोष सहयोगार्थ सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम-२०२४" भव्यताका साथ सम्पन्न भएको कुरा  कार्यक्रमका संयोजक तथा अध्यक्ष राजकुमार स्याङ्तानले जानकारी गराए ।

आफ्नो जातीय अस्तित्व र पहिचान संरक्षणमा संस्थाले उल्लेखनीय भूमिका खेल्दै आईरहेको सन्दर्भमा उक्त कार्यक्रमले मनोरञ्जनको सांगीतिक प्याकेजले आम दर्शक श्रोताको उत्कृष्ट कार्यक्रम भएको र अन्य समिक्षकहरुको सल्लाह र सुझाव सहितको समीक्षा संकलन गर्ने र स्वच्छ र पारदर्शी रुपमा कार्यक्रमको कूल आम्दानी र खर्च विवरण प्रस्तुत गरिने साथै कार्यक्रम अवधिभर विभिन्न तवरले उल्लेख्य सहयोग गर्ने कलाकार तथा सहयोगीहरुलाई सम्मान गरिने संस्थाका महासचिव दावा फिन्जो योञ्जन तामाङले बताए ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्धारा आयोजित उक्त समीक्षा बैठक,आयव्यय विवरण सार्वजनिक तथा सम्मान कार्यक्रम लाई सभ्य र भव्य रुपमा सफल बनाउन कोरियास्थित सम्पूर्ण संघसंस्था,संस्था सम्बद्ध महानुभावहरु,आर्थिक नैतिक र भौतिक रुपमा सहयोगी सम्पूर्णमा आयोजक संस्थाले गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रम तपसिल :

मिति : २०२४/०४/१४ आईतबार

स्थान : निक ट्राभल्सको सभाहल दोङ्देमुन 

समय : दिनको ठिक ११ बजे

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्