अगामी जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुदै-समयमै टिम दर्ता गर्न आयोजक द्वारा आव्हान

बुधबार, वैशाख ५, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरिया द्वारा महिला सेल्टर"नाना आङा धिम "सहयोगार्थ बुद्ध जयन्तीको अवसर पारी जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ।

부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश होस् र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ ।

पाँचौ बुद्ध जयन्ती फुटसल कप २०२४ प्रतियोगिता पहिलो चरण लिग सिस्टम मा खेलाईने छ। टीम दर्ता मे २६ दिउँसो १२ बजे सम्म रहने छ। विजेता टीम ले नगद ३० लाख वन सहित ट्रफी मेडल प्रमाणपत्र,उपविजेता टीम ले १५ लाख  वन सहित ट्रफी मेडल प्रमाणपत्र र सेमीफाइनल २ टीम ले ५/५ लाख वन प्राप्त गर्नेछ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक ले १/१ लाख वन प्राप्त गर्नेछ।

प्रतियोगिता मर्यादित, निस्पक्ष र फुटसलको अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइने संस्थाका महासचिव नेत्र वाईबाले जानकारी दिनुभएको छ साथै चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगितालाई सफल बनाइदिनको लागि कोरियामा रहेको सम्पुर्ण संघ संस्थाहरु, फुटबल क्लबहरु तथा सम्पुर्ण खेलप्रेमी खेलाडी साथीहरू लाई हार्दिक अनुरोध गरेको छ। गत वर्षको चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगितामा विजेता फारन एफ.सी. भएको थियो भने उपविजेता सुवन एन.एफ.सी. रहेको थियो।

IMG_1591-1713347745.JPG

कोरियामा सन् २०१८ देखि बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले  महिला सेल्टर नाना आङा धिम साथै विभिन्न संस्कृतिक कार्यक्रमहरु  आयोजना गरी सामाजिक कार्यमा अग्रपंक्तीमा क्रियासिल संस्थाको रूपमा रहेका छन्।

आयोजक द्वारा सम्पूर्ण फुटबल क्लबहरु लाई तोकिएकै समयम टिम दर्ता  गरी सहजीकरण गरिदिनु हुन पनि हार्दिक अनुरोध गरेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्