आउदो अप्रिल २८ मा “डिग्री माइला” किम्हे/बुसान शहरमा प्रदर्शन हुने :किम्हे/बुसान बन्यो “डिग्री माइला”मय

बिहीबार, वैशाख १३, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,आउदो अप्रिल २८ तारिख आइतबार बहु प्रतिक्षित नेपाली कथानक चलचित्र  “डिग्री माइला” किम्हे/बुसान शहरमा प्रदर्शन हुन सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।अहिले  दक्षिण कोरियाको दोस्रो ठूलो शहर किम्हे/बुसान  डिग्री माइला”मय  भएको छl

IMG_1781-1714050737.JPG

"डिग्री माईला"दक्षिण कोरियाको किम्हे/बुसानमा नै पहिलो पटक उच्च गुणस्तरीय हल होम प्लास छेउमा रहेको CGV MOVIE THEATER 2 हालमा APRIL 1ST CHHIRWON GUYS द्वारा "कोष स्थापना सहयोगार्थ"च्यारिटी शो गर्न लागेका हुन। त्यहाँका दर्शकहरू पहिलो चोटी सुविधा सम्पन्न थिएटर हलमा नेपाली फिल्म हेर्न पाउँदा धेरै नै उत्साहित र महोल नै छुट्टै रहेको बताउछन। यस अघि कम्यूनिटी हल प्रोजेक्टर मार्फत प्रदर्शन हुदै आएको थियो ।

IMG_1786-1714049855.JPGIMG_1774-1714049896.JPG

"नमस्ते नेपाल कोरिया इन्टरटेन्मेन्ट द्धारा कोरियाको आधिकारिक विक्रेता लिएको नेपाली कथानक चलचित्र"डिग्री माईला"एम.ए.थर्ड एयर हाल कोरियाको विभिन्न शहरहरुमा भव्यताका साथ प्रदर्शन भईरहेको छ।देश विदेशमा भव्य प्रदर्शन भईरहको  डिग्री माईला"ले दर्शकको उल्लेखेनिय माया समर्थन बटुलिरहेको छ।फिल्मका मुख्य कलाकारहरुमा दयाहाङ राई ,आँचल शर्मा,विजय बराल ,बुद्धि तामाङ र माओत्से गुरुङलगायत रहेका छन्। फिल्म नेपाली नयाँ वर्ष २०८१ वैशाख १ गते देखि प्रदर्शनमा ल्याएका हुन।

आयोजकले सिमित सिट भएको हुनाले अग्रिम बुकिङ गरि आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध साथै निम्न तपशिलको मिति,समय र स्थानमा प्रर्दर्शन गर्न गईरहेको हुँदा यहाँहरु सम्पुर्णमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेका छन्।

IMG_1776-1714050132.JPG

मितिः२०२४/०४/२८ आईतबार

समयःदिउँसो १ः३० बजे

स्थानः경상남도 김해시 내외중앙로 137

(CGV MOVIE THEARTER KIMHAE 2관)

IMG_1787-1714050184.JPG

IMG_1782-1714050357.jpg

 

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्