आउँदो मे ११ मा दक्षिण कोरियामा विश्व प्रसिद्ध लोटस लालटेन महोत्सव हुने:नेपालीहरुको उल्लेखनिय उपस्थित हुने अपेक्षा

बुधबार, वैशाख १९, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,आउँदो मे ११ मा दक्षिण कोरियामा विश्व प्रसिद्ध लोटस लालटेन महोत्सव Lotus Lantern Festival (연등회) हुने भएको छ।र नेपालीहरुको उल्लेखनिय उपस्थित हुने अपेक्षा गरिको छ।विगत १९९७ देखि हाल सम्म कोरियाको महान बौद्ध संस्था जोगेजोङद्वारा कोरियाको राजधानी सौलमा आयोजना हुन गईरहेको विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६८ औं जन्म जयन्तीको पावन अवसरमा UNESCO को धार्मिक तथा सांस्कृतिक संम्पदामा सुसुचित Lotus Lantern Festival (연등회) मा नेपालको तर्फबाट नेपाल बौद्ध परिवारले प्रतिनिधित्व गर्दै आईरहेको छ।

IMG_1908-1714560292.JPG

विश्व शान्ति ऱ्याली यस बर्ष २०२४ मे ११ तारिखमा हुन गईरहेको छ।विश्व शान्ति ऱ्याली विगतको वर्ष भन्दा धेरै जनशक्तिको सहभागी गराउने उद्देश्य रहेको नेपाल बौद्ध परिवार संघका महासचिव दावा रिन्जीन लामाले जनआवाज लाई जानकारी दिनुभएको छ।नेपाली र हाम्रो नेपाल प्रतिको गर्व विश्व सामु Buddha Was Born in Nepal भनेर चिनाउने यो शुभ अवसरलाई नगुमाउन यसपाली अझ राम्रो र भव्य बनाउनको लागि यहाँको ब्यक्तिगत र संस्थाबाट ५ जना भन्दा बढी सदस्यहरुको उपस्थिती सहित यहाँको गरिमामय उपस्थितीको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेका छन्।

IMG_1907-1714560360.JPG

त्यसैगरी कार्यक्रम व्यवस्थापन गर्नको लागि अनुमानित करिब ६० लाख वन भन्दा बढी रकम लाग्ने पनि जनाएका छन्।सो कार्यक्रम सम्पन्न गर्नका लागि कोरियामा रहेका संघसंस्था व्यक्ति विशेष लाई स्वईच्छाले आर्थिक  सहयोगको पनि अपिल गरिएको छ।

Account details

네팔 불자모임

589-056105-04-015

기업은행

थप जनकारीको लागि ङवाङ सोनाम (सचिव): 010-8417-0154 लाई सम्पर्क गर्न सकिने छ।

स्थान : Dong University, 30 Pildong ro 1 Gil, Jung-Gu Seoul (Grand Playground, Gate No 6, Train Line No-3)

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्