उपेन्द्र सुब्बा द्वारा निर्देशित चलचित्र मनसरा’ दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन हुदै

बिहीबार, वैशाख २०, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,उपेन्द्र सुब्बा द्वारा निर्देशित चलचित्र मनसरा’ दक्षिण कोरियाको विभिन्न शहरहरूमा प्रदर्शन हुदै छ। सिरिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्रीय समिति र क्षेत्रीय समितिहरुको सयुक्त आयोजनमा यहि मे ५ तारिख सौल, किम्हे बुसान र जिन्जुमा एक्कैसाथ प्रदर्शन हुदै छ, भने मे ११मा  जेजु-दो मा प्रदर्शन हुने भएको छ।IMG_1903-1714654758.JPG

उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई,मिरुना मगर,प्रविण खतिवडा,मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ।यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन,शैलेन्द्र ध्वज कार्कीको छायांकन छ।फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले वितरण गर्दैछन् ।भने सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकको रुपमा छन्। 

यसअघि निर्देशक सुब्बाले निर्देशन गरेको फिल्म ‘जारी’ले ब्लकबस्टर व्यापार गरेको थियो । यसैले,‘मनसरा’ले पनि दर्शकको ध्यान खिचिरहेको छ । 

IMG_1919-1714654813.JPG

  त्यसैगरी पूर्व अञ्चल सरोकार समाज दक्षिण कोरिया द्वारा मे ४ शनिबार बेलुका नयां वर्ष डान्स पार्टी धमका पनि  आयोजना गर्दैछन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्