गण्डकी कप भलिबल प्रतियोगिता २०२४” को सम्पूर्ण तयारी पूरा : संयोजक श्रवण श्रेष्ठ

शनिबार, वैशाख २९, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,गण्डकी प्रदेश समाज दक्षिण कोरिया द्वारा आयोजना गर्न लागिएको “गण्डकी कप भलिबल प्रतियोगिता २०२४” को सम्पूर्ण तयारी पूरा भएको जानकारी जनआवाज लाई आयोजकले दिएका छन्।

 

“स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल” भन्ने नारा लिएर यहि मे १२ मा प्रतियोगिता संचालन गर्न लागिएको हो । नेपाल कोरिया भलिबल संघको नियम र परिधि भित्र रही मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गर्न लगिएको गण्डकी प्रदेश समाज दक्षिण कोरिया समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनु भएको छ।।

IMG_1994-1715397647.JPG

प्रतियोगिताका लागि २० वटा समुहले टिम दर्ता गराएका छन् प्रतियोगितामा बागलुङ समाज, कणर्ली प्रदेश, मोना कोरिया, सुदुरपश्चिम, आयोजक गण्डकी प्रदेश,अन्नपुणर् गोरखा,मोक्पो भलिवल क्लव,पर्वत समाज,केभिसि,र तनहुँ तथा अर्को समुहमा थेसो परिवार,बागलुङ ढोरपाटन ,पुर्वाञ्चल पहेलो, सिन्धुपाल्चोक समाज, पुर्वाञ्चल निलो,अन्नपुणर् विश्वकर्मा समाज,स्याङ्जा परिवार,आनसान भलिवल क्लव,ओएचसी बागलुङ र गुल्मी सम्पर्क समितिले प्रतिस्पर्धामा भाग लिएको प्रतियोगिताका  संयोजक श्रवण श्रेष्ठले जानकारी दिनुभएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमश २० लाख र १२ लाख कोरियन वन प्रदान गरिने र सान्त्वना दुई टिमलाई जनही ४/४ लाख कोरियन वन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक श्रेष्ठले जानकारी दिनुभएको छ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्