गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले पहिलो “NRNA Korea Futsal Cup” प्रतियोगिता 2023 आयोजना गर्ने

“NRNA Korea Futsal Cup” प्रतियोगिता 2023 आयोजना गर्ने
बुधबार, कात्तिक २२, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया - सम्पुर्ण नेपालिहरुको साझा संस्था गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal Cup” गर्ने भएको छ।

खेल सगैं नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व एवं एकता विकास गर्ने उद्देश्यका साथ 26 नोबेम्बरका दिन

" पहिलो NRNA Korea Futsal cup प्रतियोगिता 2023 आयोजना गर्न लागिएको खेल संयोजक तथा NRNA कोरियाका कोषाघ्यक्ष यज्ञमान नायकले जानकारि दिनुभयो ।कार्यक्रमलाई सभ्य,भब्य एवं बृहत्  रुपमा सफल बनाउनको लागि विभिन्न संघ-संस्था,व्यवसाई,समाजसेवि,विध्यार्थि,फुटबल क्लवहरु,तथा सम्पुर्ण खेलप्रेमीहरुमा आयोजक NRNA कोरियाबाट हार्दिक निमन्रण सहित सार्वजनिक अपिल गरिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहानुहुने फुटबल टिम तथा संस्थाहरुले टिम दर्ता गर्ने अन्तिम समय  नोबेम्बर १८ तारिख  रहेको र टिम दर्ता गरि सहयोग गरिदिनुहुन दक्षिण कोरियामा स्थापित  फुटबल क्लबहरु तथा सम्पूर्ण संस्थाहरुलाई हार्दिक अपिल गर्रिएको छ।

प्रतियोगिताको बिजेता टोलीलाई (WINNER) ३५ लाख कोरियन वोन तथा उप-बिजेतालाई (RUNNER-UP) २० लाख कोरियन वोन साथै ट्रफी,मेडल र प्रमाण-पत्र प्रदान गरिने छ।प्रतियोगितामा  उत्कृस्ट खेलाडी (BEST PLAYER) , सर्वाधिक गोलकर्ता (HIGH SCORER), उत्कृष्ट गोलरक्षक (BEST GOAL KEEPER) लाई ट्रफी, मेडल र प्रमाणपत्र र कोरियन  1/1 लाख वोन,  द्वारा सम्मान गरिनेछ | साथै अनुसासित टोलि (FAIR PLAY TEAM) लाई सम्मान गरिने आयोजकले जनआवाज लाई जानकारी दिएका छन्।।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २१:४२
प्रतिक्रिया दिनुहोस्