भूमे (भूम्या) पूजा

.कोरियााको भूमे (भूम्या) पूजा तथा बृहत वनभोज कार्यक्रम-२०२४ को सम्पूर्ण तयारी पूरा

भूमे (भूम्या) पूजा
मंगलबार, जेठ २९, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

@janaaawaj3 द.कोरिया, नेपाल मगर संघ द.कोरियााको मुख्य व्यवस्थापनमा आयोजित भूमे (भूम्या) पूजा तथा बृहत वनभोज कार्यक्रम-२०२४ को सम्पूर्ण तयारी पूरा भएको मगर संघ दक्षिण कोरियाका अध्यक्ष  तुल घर्ति मगरले जनआवाज लाई जनकारी दिनुभएको छ।

"भाषा, धर्म र संस्कृति  नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता"भन्ने मूल नाराका साथ नेपाल मगर संघ, गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, द.कोरिया थेगु शाखा, किम्हे/बुसान शाखा, जेजु शाखा, DSME मगर समाज, गजेदो र अठार मगरात खामभाषी सम्पर्क मञ्च, द.कोरियाद्वारा संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लगाएको कार्यक्रम संयोजक खड्ग थापा मगरले बताउनु भएको छ।साथै पिकनिक स्थलसम्म पुग्नको लागी कोरियाको बिभिन्न शहरहरुबाट निसुल्क बस सेवाको ब्यवस्था गरिएको कार्यक्रम संयोजक खड्ग थापा मगरले थप्नु भयो।

परापूर्वकालदेखि अठार मगरातका मगर समुदायले मनाउँदै आएको प्रमुख चाड हो – बलपूजा अर्थात् भुमेपूजा । मगर जातिले आफू बसेको भूमिको पूजा गर्नाले मातृभूमिप्रति श्रद्धा र आदर बढ्ने बताइन्छ । यो चाड मनाउँदा दैवी प्रकोपबाट जोगिन सकिने जनविश्वास छ, मगर खाम (भाषा) बोलिने मगर गाउँमा । भुमेपूजा मगरको ऐतिहासिकतासँग जोडिएको छ । प्राचीन समयमा मगर जाति अरू मानव जाति जस्तै वन, जङ्गल तथा खानी क्षेत्रमा बसोबास गथ्र्यो। जीविकाका लागि प्रकृतिसँग जुध्ने र प्रकृतिमै निर्भर रहने जाति हो । उनीहरूको अधिकांश समय जङ्गलमै बित्थ्यो । घरबाहिर रहेका मगर जातिका मानिस असार १ गतेसम्ममा अनिवार्य घर फर्किनु पर्ने प्रचलन बस्यो भन्ने कथन रहेको छ।

कार्यक्रम स्थल सुविधा सम्पन्न एवं अत्यन्तै मनोरम,शितल, शान्त र सुन्दर  रहेकोले कोरियामा अहिले बढ्दो गर्मी छल्न उपयुक्त स्थल भएकोले मगर संघ दक्षिण कोरियाका महासचिव केशर राना मगरले निम्न मिति र स्थानमा भव्य रुपमा भूमे (भूम्या) पूजा तथा बृहत वनभोज कार्यक्रम-२०२४आयोजना गरिएको हुँदा कोरियामा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा  समेत गर्नुभएको छ।

कार्यक्रम :मिति : २०२४ जुन १५ र १६

स्थान : 공주시 단천면 삼거리1길 8-1 공주유스호스텔

बस लाग्ने स्थान तथा सम्पर्क व्यक्तिहरुः

सउल (दोङ्देमुन):- तुल घर्ति मगर (०१०-५३३८-३५३९),होबिर दर्लामी मगर (०१०-९१३८-८२२५),तारा पुन मगर (०१०-७३४२-०४१२),केशर राना मगर (०१०-६८०६-९३११)पि.एम.ग्यांमी मगर (०१०-४४९१-८८०४),संगम राना मगर (०१०-५९५७-१४९७)

सुवन/फेन्थेक:- अप्त पुन मगर (०१०-६२३२-७९११),अन्जन थापा मगर (०१०-८२६८-९५७४),दयाराम राना मगर (०१०-५९२९-७४५७),सोम बुढा मगर (०१०-२१८४-७०५१)

थेगु:-खडक घर्ति मगर(०१०-७६७४-९६२१),नरेश थापा मगर(०१०-३९२३-३४७८),खड्ग थापा मगर(०१०-७५४२-७९५३),टेक पुन मगर(०१०-२१७७-३९६४),दुर्गा टियर पुन(०१०-६८९८-८०१७),कुमार गर्बुजा (०१०-५१८४-८४०५),अनिल लामिछाने मगर (०१०-३२७७-९७१०)

किम्हे/बुसान:- दिल तरामी मगर (०१०-२१६३-५२३८),छबिन राना मगर (०१०-९६६०-५८२४),असिम थापा मगर (०१०-४६७२-५५२५)

गजेदो:- सन्तोस थापा मगर (०१०-७९२९-८४०५),तुफान थापा मगर (०१०-६७०९-५२२९),नरेश श्रीस मगर (०१०-२९२०-५६९६)

जेजु:- दिल मगर (०१०-५१८१-०५७९) ,टि.बी. मगर (०१०-४८६७-७३४५)

236201a0-ba8f-483c-a606-a1b6f0b02ed1-1718110555.JPG

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्