“फुल्याङ ब्यान्ड”को "आकार" बोलको म्युजिक भिडियो "फुल्याङ ब्यान्ड" युट्युब च्यानल बाट सार्वजनिक

शुक्रबार, जेठ ३२, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,  “फुल्याङ ब्यान्ड”को दोस्रो  गीत “आकार” बोलको म्युजिक भिडियो “फुल्याङ ब्यान्ड” युट्युब च्यानल बाट आज सार्वजनिक गरिएको छ।

गायक दान किराती राई को स्वर शब्द  रहेको छ भने संगीत स्टील म्यानले दिएका छन्। यस गीतमा मोडेल जनम सम्पाङ राई र मिनु लामा (मोक्तान) को दमदार मिलेको केमेस्ट्री देख्न सकिन्छ। सहयोगी भूमिका सुस्मिता गुरुङले निभाएका छन। यस गितको सम्पूर्ण काम क्यामेरा र भिडियो सम्पादन  केडी स्टुडियो(दिपक पौडेल ) ले गरेका छन्।

IMG_2525-1718364238.JPG

यो गीत स्पट साऊन्ड कोरियामा रेकर्ड गरिएको हो । यो गीतको मुख्य कथा केटा आफ्नो जीवनमा अघि बढ्दै गर्दा, केटाले आफ्नो विगतको  प्रेमी देख्छ र विगतका सम्झनाहरू फेरि याद आउँछ। उसले विगतमा गरेका सबै गल्तीहरू सम्झन्छ र पछुताउँछ। अहिलेको जेनेरेसनमा धेरै जस्तो यस्तो घटनाहरू घटिरहेको हुनाले,त्यसको आधारमा यो कथा रचिएको भिडियोमा देख्न सकिन्छ।

अहिले फुल्याङ ब्यान्ड टिममा भोकलमा दान किराती राई, गितारिष्टमा स्टील म्यान ,बेसमा कानुन लामा  र ड्रममा रोशन म्याक्स लामा गरि ५ सदस्यीय रहेका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्