अन्तर ख्याङनाम मैत्रीपुर्ण फुटसल कप जुन २३ मा हुने

शनिबार, असार १, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,"याङसान् नेपाली परिवार"र "याङ्सान नेपाली  फुटबलक्लब" द्वारा याङ्सान् नेपाली परिवारको बार्षीकोत्सवको अवसरमा "अन्तर ख्यानाम मैत्रीपूर्ण फुटसल कप” प्रतियोगिता यहि जुन २३ तारिक आईतबारको दिन  हुने भएको छ ।

उक्त प्रतियोगितामा टिम दर्ता शुल्क २ लाख कोरियन वन तोकिएको छ भने विजेता र उपविजेता हुने टिमले  क्रमशः१० लाख र ५ लाख  कोरियन वन  सहित ट्रफि,मेडल र प्रमाण पत्र पाऊने आयोजकले जानकारी गराऊनु भएको छ ।

IMG_2600-1719022548.JPG
प्रतियोगिता स्वच्छ प्रतिस्पर्धमुलक र एकआपसमा भाईचराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले  गर्न लागेको बताए ।साथै टिम दर्ता यहि आईतबार १२ बजे सम्म गर्न सकिने छ भने सम्पुर्ण ख्याङनाम क्षेत्रमा स्थापित नेपाली फुटबल क्लबहरुलाई सहभागिताको लागि तथा आफ्नो खेल कौषल प्रदर्शन गर्न एंवम प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। टिम दर्ताको लागि POUDEL SANJAYA( IBK)22132950202019 बैंक खातामा रकम जम्मा गरी दिएको नम्बरमा कल गरी जनकारी दिनुहुन पनि अनुरोध गरिएको छ।सञ्जय पौडेल ०१०५६६९६८७२,दिनेश हरिजन  ०१०४०२१६०२२,नितेश नेम्वाङ  ०१०५५८०४४२२,बिनोद सिग्देल ०१०५८६०००५६

IMG_2599-1719022489.JPG
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्