दक्षिण कोरियाको किम्हे सहरमा चलचित्र "फर्की फर्की" जून ३० मा प्रदर्शन हुने प्रचार प्रसार तिव्र

मंगलबार, असार ४, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

पछिल्लो समयमा रिलिज भएको नेपाली चलचित्रप्रेमी दर्शकहरुको रोजाईमा परेको   नेपाली कथानक चलचित्र "फर्की फर्की" जून ३० तारिक तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको आयोजनामा किम्हे सहरको (가야 대하교) मा प्रदर्शन हुने गरि प्रचार प्रसार तिव्र पारिएको छ ।IMG_2575-1718721101.jpg

अनाथ तथा विपन्न बालबालिका सहयोगार्थ, नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्र प्रदर्शनको तयारीमा जुटेको संस्थाका अध्यक्ष गितासिंह गुरुङले जानकारी दिए ।'टाईम लुप'मा आधारित चलचित्र सुयोग गुरुङको निर्देशनमा मेघास्टार अनमोल.के सी,जसिता गुरुङ,रवि काफ्ले र समृद्धि अर्यालको मुख्य भुमिका रहेको छ।

IMG_2576-1718721164.JPG
उक्त चलचित्रको शो दिनको १२:३० बजे गरिने र चलचित्र हेर्नको टिकट शुल्क २० हजार कोरियन वोन तोकिएको छ । बुद्ध जयन्तीको दिनबाट प्रर्दशनमा आएको, चलचित्र Box office मा राम्रो Hight बनाउन र राम्रो ब्यापार गर्दै राम्रो Gross Collection गर्न सफल नेपाली कथानक सुपरहिट चलचित्र "फर्की फर्की" दक्षिण कोरियाको किम्हे सहरमा प्रदर्शन हुने भएको संस्थाका सचिव हेमन्त गुरुङले बताए ।

IMG_2569-1718721199.jpgIMG_2571-1718721424.JPG
उक्त फिल्म प्रदर्शनबाट सङ्कलित मुनाफा रकम सामाजिक सेवा अर्थात अनाथ तथा बिपन्न बर्ग बालबालिकालाई सहयोग र केहि रकम गुरूङ भाषा अक्षय कोषको सहयोगमा खर्चिने भएकोले उक्त पुण्य कार्यमा जोडिने हुनाले चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।

IMG_2574-1718721255.jpgIMG_2570-1718721295.jpg
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्