विश्व ओलम्पिक तेक्वान्दो च्याम्पियनसिप२०२४ कोरियामा राजकुमार दराईले २ कास्य पदक जिते

आइतबार, असार १६, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,२०२४ विश्व ओलम्पिक तेक्वान्दो च्याम्पियनसिप विश्व दक्षिण कोरियामा भएको प्रतियोगितामा नेपालका राजकुमार दराईले कास्य पदक हासिल गरेको हो।राजकुमार दराइले फाइट (ख्यरुगी) ६२-६६ तौल समुहमा सेमिफाइनलमा ब्राजिलका खेलाडी भिक्टोर मेन्डोन्का संगाई लाई पराजित गर्दै तेस्रो मेडल चुम्न सफल भएका हुन्।

IMG_2750-1719747021.jpg

२०२४ को विश्व ओलम्पिक तेक्वान्दो च्याम्पियनसिप कोरियाको सियोलमा आयोजना भएको उक्त प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ-नेपाल चितवन फाइट क्लबका अध्यक्ष,नेपाल तेक्वान्दो चाङ्मुकवान महासंघका महानिर्देशक समेत रहनु भएको मास्टर राजकुमार दाराइले (पुम्से र स्प्यारिङ ६२-६६ केजी)तौल समुहमा कास्य पदक प्राप्त गरेका हुन

IMG_2752-1719826858.jpg
नेपालको तर्फबाट एक मात्र खेलाडी सहभगी भएका थिए । नेपालको लागी कोच रोहित राजवंशी,सहायक प्रशिक्षक विजय तामाङ,ऑफिसियलमा धीरेन लामा रहेका थिए प्रतियोगिता जुन २९-३०  दुई दिन चलेका थिए।

IMG_2749-1719747070.jpg
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्