‘छ्योर्तेन राम्रो’बोलको म्युजिक भिडियो‘गौतम गोले’युट्युब च्यानलबाट सार्वजनिक

शनिबार, असार २९, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,‘छ्योर्तेन राम्रो ’ बोलको सेलो गीतको म्युजिक भिडियो‘गौतम गोले’युट्युब च्यानलबाट आज सार्वजनिक गरिएको हो।गायक मिलन दोङको  स्वर रहेको यस म्युजिक भिडियोमा मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको छ ।

‘छ्योर्तेन राम्रो ’ बोलको सेलो म्युजिक भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो।गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेका थिए ।गीतको सम्पूर्ण काम पोस्ट प्रोडक्सन ,छायाङ्कन र निर्देशन दिपक थापाले गरेका हुन ।

मोडल गौतमको पहिलो कोसेली विशुद्ध तामाङ भाषामा मात्रै थियो।दर्शक हरूले अब मातृभाषा मात्रै होइन,सेलोमा पनि ल्याउनु पर्यो भन्ने दर्शकहरुको माग लाई मध्यनजर राख्दै दोस्रो कोसेली सबैले बुझ्ने सेलोमा ल्याएको बताए।कोरियामा कम्पनीको कामपछिको छुट्टीको समयलाई सदुपयोग गरेर आफ्नो गीत-संगीतसँग रमाउँदै र जहाँ भए पनि आफ्नै गीत-सङ्गीत,भाषा,धर्म,संस्कृतिलाई अङ्गालेर संरक्षण,सम्बर्द्धनमा लागि रहेको छु,मोडल गौतमले भने

IMG_2890-1720872863.JPG


 

 

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्