शेर्पा संघ दक्षिण कोरियाले सेप्टेम्बर १७ तारिख “हिमालयन सांगीतिक धमाका २०२४” गर्ने

बुधबार, साउन २, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले कोरियाली चाड छुसकको अबसरमा २०२४ सेप्टेम्बर १७ तारिख दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गर्नलागेको हिमालयन सांगीतिक धमाका २०२४ कार्यक्रमको तयारी तीब्र पारिएको छ ।

संघले आदिबासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन संस्थाको कार्यासमिति तथा सल्लाहकारहरूको भेलाले सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचारप्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड गरेको छ।

नेपालबाट आमन्त्रित बहुचर्चित राष्ट्रिय कलाकारहरूको साथमा दक्षिण कोरियामा रहेको नेपाली स्थानीय कलाकारहरूको प्रस्तुति सहितको २०२४ सेप्टेम्बर १७ तारिख हुने कार्यक्रमको तयारी तीब्र परेको र केही समयमै कलाकारहरूको नाम तथा पोस्टर सार्वजनिक गर्ने तयारी रहेको कार्यक्रम संयोजक सोनाम शेर्पाले जनआवाज लाई  जानकारी दिएको छ।

IMG_2927-1721223168.JPG
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्