फोनमनीले ल्यायो नयाँ अफर “FONEMONEY साथमा १ करोड हातमा”

सोमबार, साउन ७, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,

FONEMONEY रेमिटयान्स मार्फत दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा एक करोड कोरियन वन जित्ने अफर सार्वजनिक भएको छ।FONEMONEY ले आज “FONEMONEY साथमा उपहार हातमा” योजना सार्वजनिक गरेको हो।

आफ्नो ग्राहकहरुले बैंक खाता,नगद भुक्तानी,तथा ईसेवा वालेटमा कारोबार गर्नेलाई यो उपहार योजनामा  समावेश गरिने बताइएको छ।यो संगै हरेक हप्ता पठाएको पैसा डबल हुने निश्चित योजनाको अफर  डिसेम्बर २०२४ सम्मको लागि कम्पनीले सार्वजनिक गरेको छ।

यसअघि ईसेवा मनी ट्रान्सफर संगको सहकार्यमा फोनमनी कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर कार्तिक ३० गते सम्म लाई निर्धारण गरेको छ ।दक्षिण कोरियाको फोनमनी रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर भने वालेटको लागि रहेको FONEMONEY रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ।

भर्खरै मात्र FONEMONEY ले “FONEMONEY साथमा उपहार हातमा” उपहार योजना अन्तर्गत एक जना पैसा पठाउने र एक जना पाउनेलाई Iphone 15 Pro हस्तान्तरण गरि सकेको छ । कम्पनीले रिफर एण्ड वीन अन्तर्गत जुलाई २२ तारिख सम्म रिफर गर्नेबाट १ जनालाई १० लाख कोरियन वन दिने गरि योजना सार्वजनिक गरेको थियो । FONEMONEYले छोटो समयमा ग्राहकले दिनुभएको माया र साथको लागि धन्यवाद दिदैं १ करोड उपहार योजना ल्याएको जनाएको छ।

IMG_2966-1721641349.JPG
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्