नोभेम्बर ११ मा अर्घाखाँची सम्पर्क मन्च द कोरियाले “सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३” आयोजना गर्ने

“सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३”
शनिबार, कात्तिक २५, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया - शुभ दिपावली २०८० को  अवसरमा अर्घाखाँची सम्पर्क मन्च द कोरियाले नोभेम्बर ११ तारिख शनिबार साँझ ५ बजे  देङ्देमुनको निक ट्राभलको हलमा “सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३” आयोजना गरिने भएको छ।।

“प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरुको प्रतिबद्धता” भन्ने मुल नारा लिएर सन् २०१० मा स्थापित सम्पर्क मन्चले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ।

369489197_1077484729910532_2274907691112215938_n-1699670617.jpg

परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइ राख्न अर्घाखाँचीको  अर्गानिक नाचको साथै देउसी भैलो गर्न लागिएको  अर्घाखाँची सम्पर्क मन्च द कोरियाका  अध्यक्ष हिमाल खनालले जानकारी दिनुभएको छ। साथै कोरियामा रहनुहुने सम्पुर्ण नेपालिबासी नेपालिहरुमा आयोजकले हार्दिक निमन्त्रणा पनि गरेका छन्

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्