"समर क्याम्प पिकनिक कार्यक्रम २०२४" को सम्पूर्ण तयारी पूरा-बोम्जन गुरुङ

मंगलबार, साउन ८, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

बोम्जन गुरुङ,२३ जुलाई २०२४,

कोरिया कोरियामा स्थापित स्याङ्जा भिर्कोट आर्थर तमु समाजले गर्मी विदाको अवसर पारेर वार्षिक रुपमा आयोजना गर्दै आईरहेको कार्यक्रम यस वर्ष पनि यही जुलाई २७ र २८ तारिक दुई दिने "समर क्याम्प पिकनिक कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ ।

खाङ्वन स्थित सुविधा सम्पन्न फेन्सन (망상비치펜션, 강원 강릉시 옥계면 도직길 7-12) मा उक्त कार्यक्रम अन्तर्गत विविध मनोरञ्जनात्मक साँस्कृतिक, खेलकुद कार्यक्रम सहित मिष्ठान्न नेपाली परिकारहरुको साथमा प्रवासमा भएपनि अपनत्वको अनुभूति दिलाउँदै संस्थालाई गतिशील र चलायमान गराउने र एक आपसको सम्बन्ध अझ मझबुत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजमा अध्यक्ष मनोज गुरुङले जानकारी गराएका छन् ।

IMG_3017-1721733519.JPG
"आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा" भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित समाजले धेरै उदाहरणीय कार्यमा अग्रसरता देखाइरहेको सन्दर्भ उल्लेख गर्दै प्रवासको बसाईलाई अविष्मरणीय बनाउन सहभागिताको निम्ति ईच्छुक सम्पूर्णलाई सहभागिताको लागि समाजका संरक्षक नर कुमार गुरुङले आग्रह गरेका छन् ।

सउलको दोङ्देमुनबाट २७ तारिक साँझ ०७:३० बजे कार्यक्रम स्थलको प्रस्थानमा बस छुट्ने जानकारी दिँदै कार्यक्रमको मुख्य आकर्षणहरुमा विभिन्न सुन्दर मनोरम दृश्य अवलोकन र Over Sea Cycling समेत रहने समाजका सचिव सेकेन्द्र गुरुङले बताए । उक्त "समर क्याम्प पिकनिक२०२४" कार्यक्रममा सहभागी ईच्छुक महानुभावहरुले तयारी अन्तिम चरणमा पुगेको कारण छिटो पोष्टरमा उल्लेखित सम्बन्धित व्यक्तिहरुलाई सम्पर्क गर्न समाजले अनुरोध गर्दै सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्