दोस्रो मिस्टर फिटनेस नेपाल अन्तर्राष्ट्रिय बने दिपक आले

आइतबार, साउन १३, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,दोस्रो मिस्टर फिटनेस नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता दिपक आलेले जितेका छन्।फिटनेस नेपाल दक्षिण कोरिया द्वारा आयोजित स्वास्थ नै धन हो भन्ने मुल नाराको साथ आज जुलाई २८तारिक दोस्रो मिस्टर फिटनेस नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता दक्षिण कोरियाको राजधानी सौउलमा सफलता पूर्वक सम्पन्न भएको छ।

IMG_3067-1722167029.JPG
प्रतियोगितामा दिपक आले,प्रेम पुन र प्रविण गुरुङ क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन्। प्रतियोगितामा प्रथम हुनेले १० लाख कोरियन वन,मेडल र ट्रफी,दोस्रो हुनेले ५ लाख कोरियन वन,मेडल ट्रफी र तेस्रो हुनेले ३ लाख कोरियन वन मेडल र ट्रफी प्राप्त गरेका छन्।

IMG_3069-1722167092.jpg
उक्त प्रतियोगितामा २४ जान बडी बिल्डर खेलाडीहरुले भाग लिएका थिए भने जपान बाट पनि २ जना खेलाडीहरुले  नाम लेखाए पनि भिषाको कारण उपस्थित हुन सकेनन्

IMG_3081-1722344267.jpg
 

 

 

 

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्