काभ्रे सम्पर्क समितिले वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम गर्ने

शनिबार, भदौ १, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

बिमल तामाङ ,दक्षिण कोरिया -काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आगामी सेप्टेम्बर १४ र १५ मा बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको छ । संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले  बताएका  हुन् ।

सौल नजिकै रहेको 북한산 पहाडको फेदिमा रहेको रमाइलो वातावरणमा कार्यक्रम गर्न लागिएको जनाएको छ । 'विशेष गरी संस्थाको साधारण सभा गर्ने र रमाइलो भेट्घाट पनि गर्ने भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो ।' अध्यक्ष चौलागाईले बताए । 'त्यसैले कोरियामा रहेका काभ्रेली लगायत इछुक सम्पूर्णमा सहभागिताको लागि हार्दिक अपिल गर्दछु ।'  उनले अनुरोध गरे ।

कार्यक्रममा पुरुषको लागि ८0,000वोन र महिलाको लागि ६0,000वोन शुल्क तोकिएको छ ।कार्यक्रम स्थल सम्म जान ट्रेन लाइन नम्बर १ 신설동  स्टेशन बाट 신설동 - 북한산우이 लाइन चढी 북한산우이 स्टेशन बाट पैदल १0 मिनेट हिंड्नु पर्नेछ ।

सम्पर्क व्यक्तिहरू

सुमन चौलागाईं :-०१०-७३४२-९४५८

सुष्मा थापा :- ०१०-६५६७-०७६६

हिमाल स्याङ्तान :-०१०-८२२४-१७६४

राजेन्द्र प्रधान :- ०१०-४८८८-२०४३

आशिष घिसिङ तामाङ :- ०१०-२१५१-०४४९

सानु लामा:-०१०-५९६४-१७२९

जि.पि तिमल्सिना :-०१०-४२६३-८०२२

सीताराम तिमल्सिना:-०१०-५८४३-३१४१

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०५:१७
प्रतिक्रिया दिनुहोस्