"पाँचथर साङ्गीतिक सौगात भाग २"कार्यक्रम स्थागित संयूक्त प्रसविज्ञप्ती

शनिबार, भदौ १, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,"पाँचथर साङ्गीतिक सौगात भाग २"कार्यक्रम स्थागित भएको छ। पुर्वी नेपाल समाज कोरिया र पाँचथर सेवा समाज दक्षिण कोरियाले हिजो बेलुकी संयूक्त प्रसविज्ञप्ती  निकालेका हुन्

IMG_3444-1723855001.JPG
विज्ञप्तिमा भनिएको छ- पुर्वी नेपाल समाज कोरिया आबद्ध संस्था "पाँचथर सेवा समाज दक्षिण कोरिया "ले कोरियाली महान चाँड छुसकको दोस्रो दिन सेप्टेम्बर १६ मा आयोजना गर्ने भनिएको कार्यक्रम "पाँचथर साङ्गीतिक सौगात भाग २" को तयारी लगभग अन्तिम चरणमा पुगिसकेको अवस्थामा हामीले आमन्त्रण गरेको बहुचर्चित "नेपथ्य ब्यान्ड" अगस्टको २ तारिखबाट सेप्टेम्बर १२ तारिख सम्मलाई अमेरिकाको विभिन्न सहरहरूमा सांगीतिक कार्यक्रममा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम रहेको र अगस्ट २ भन्दा अगाडि नै सबै टिम मेम्बरको भिजा लगाइसक्नुपर्ने हुँदाहुँदै पनि नेपालमा रहेको कोरियन एम्बेसीको अपोइन्टमेन्ट प्रणालीको सर्वसुलभता नहुँदा अथक प्रयासका बावजुद पनि चार जना मेम्बरको बाहेक बाकि टिमको भिजा असम्भव हुन गई ब्यान्ड अपुरो हुन गयो र पछिल्लो १५ दिन अवधिमा विभिन्न विकल्पहरुमा पहलकदमीहरु गर्दा समेत सफल हुन नसकिएकोले दुबैतर्फको आपसी समझदारीमा निर्धारित मितिभन्दा पछिको मितिमा पुनः कार्यक्रम आयोजना गर्ने गरी सहमति गरिएको र पुर्व निर्धारित मितिमा आयोजित हाम्रो कार्यक्रम स्थगन गरिएको जानकारी गराउदै। निर्धारित मितिमा कार्यक्रम सम्पन्न गर्न नसकेकोमा क्षमायाचना गर्दै सम्पुर्ण सरोकारवालाहरु , दर्शकदिर्गा र शुभचिन्तकहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौँ ।भन्दै विज्ञप्ति जारी भएको छ।

IMG_3451-1723855082.jpg
साथै उक्त कार्यक्रमको पोस्टर सार्वजनिक गरिसकिएको भएतापनि कुनै प्रकारको आर्थिक सहयोग , स्पोन्सर सहयोग लिने तथा अग्रिम टिकट बिक्री नगरिएको समेत जानकारी गरिएको छ।भने स्थगित कार्यक्रमलाई सोहि फर्मेटमा लिएर आउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्