कोरिया खबर

आउँदो कोरियन पर्व छुसकमा ख्यङ्बु गाइज द्वारा ‘नाइट डान्स पार्टी’ गर्ने

आइतबार, भदौ ९, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,बिगत ५ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा  संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना  आङा धिम " सहयोगार्थ ख्यङ्बु गाइजले हरेक नयाँ वर्ष आयोजना गर्ने नाइट डान्स पार्टी यस पालि छुसकको पहिलो दीन अर्थात सप्टेम्बर १६ मा DJ SABIR र DJ SBD को साथमा हुने भएको छ।

IMG_3563-1724554371.JPG
ख्यङसाङ बुसान क्षेत्र मा रहेको विभिन्न १५ वटा संघ संस्थाहरुको सहयोगमा आयोजना हुने उक्त कार्यक्रम लाई भव्य सफल बनाउन सम्पूर्ण नेपाली दाजू भाई दीदी बहिनीहरू लाई आयोजकले हार्दिक अनुरोध समेत गरेका छन्। यसपालि पनि विगतमा झैं कोरियन पर्व छुसकमा कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले नेपालबाट ख्यातिप्राप्त कलाकारहरु  ल्याएर कार्यक्रमहरु गर्दैछन। यस पर्वमा लामो छुट्टी करिब ५ दिन छुट्टी हुने गर्दछ। यसै छुट्टीको अवसर पारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम हरु गरि  छुट्टी मनाउने गर्दछ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्